Friday, 19 Oct 2018

झापाका यी युवक जसले भारतीय पेन्सिललाई चुनौती दिन बिदेशी बैंकको जागिर छोडेर नेपाल मै खोले पेन्सिल उद्योग (भिडियो)

कुवेतको प्रतिष्ठित बैंकमा जागिर, मासिक ९० हजारको तलव, उच्च सेवा सुबिधा। यति हुँदा पनि दमक नगरपालिका ४, झापाका निर्मल दाहाललाई विदेश बस्न मन लागेन। नेपाल मै व्यवसाय गर्ने सोचले उच्च सेवा सुबिधा सहितको नेशनल बैंक कुवेतको जागिर छोडेर उनी नेपाल आए

।दाहाललाई बैंकमा काम गर्दा त्यहाँ प्रयोग हुने पेन्सिलले खुब मन छोएछ । रिसाइकल पेपरबाट बनेका ति पेन्सिलहरु ईक्रो फ्रेन्डली थिए । त्यस्तो पेन्सिलको उत्पादनले बर्षेनी लाखौ रुख काटिनबाट बच्ने रहेछन। दाहालले सोच बनाई हाले ‘नेपाल फर्किने र आफ्नै गाउँ ठाउँमा त्यस्तै पेन्सिलको उत्पादन गर्ने’।

कुवेत मै रहदै उनले पेन्सिल बनाउने तरिकाको अध्ययन गरे। अनलाइनबाट नै सम्पूर्ण जानकारी बटुले। कुवेत बाट नै मेसिन अर्डर गरे र नेपाल फर्किए। मशिन ताइवानबाट भारत हुदै नेपाल आउनु पर्ने थियो। पहिलो गाँस मै ढुंगा भनेझै भारतको कोलकाता आउनु पर्ने उनको मशिन विसाकापतनम पुगेछ।

अनुभब सुनाउदै उनी भन्छन् ‘सुरु मै मेसिन अन्त्यै गएपछि तनाब भयो, त्यत्रो लगानी गरेको मेसिन बाटो मै हराएर नआउने हो कि भन्ने चिन्ताले सतायो’। यो बाहेक मेसिन ढिला आईपुग्दा ब्याज पनि अलि बढ्य। भाग्यवश उनको मशिन ढिलै भएपनि सुरक्षित आईपुग्यो ।

अनुभब सुनाउदै उनी भन्छन् ‘सुरु मै मेसिन अन्त्यै गएपछि तनाब भयो, त्यत्रो लगानी गरेको मेसिन बाटो मै हराएर नआउने हो कि भन्ने चिन्ताले सतायो’। यो बाहेक मेसिन ढिला आईपुग्दा ब्याज पनि अलि बढ्य। भाग्यवश उनको मशिन ढिलै भएपनि सुरक्षित आईपुग्यो ।

यो सब गर्दा उनको ३३ लाख खर्च भईसकेको थियो। सुरुमा उनलाई गुणस्तर कायम गर्न निक्कै कठिन भयो । गुणस्तर कायम गर्नको लागि परिक्षण उत्पादन गर्दा ४० हजार पेन्सिल खेर गयो । तर अहिले भने उनले गुणस्तर कायम गर्न सफल भएका छन् । २ महिनादेखि नियमित उत्पादन भईरहेको छ । ४ जनालाई पूर्ण रोजगारी दिएका छन् भने अन्य १० जनालाई पार्ट टाइमरको रुपमा राखेका छन् ।

यो अरुले नगरेको ‘भर्जिन व्यवसाय भएको उनी दाबी गर्छन । हाल उनी दैनिक ७ हजार पेन्सिल उत्पादन गर्दै आईरहेका छन् । पेन्सिल बनाउन उनले नेपाल मै प्रकाशित हुने ब्रोडसिट पत्रिकाहरु प्रयोग गर्छन । त्यस्तै बिद्यालयमा प्रयोग हुने उत्तर पुस्तिकाबाट पनि उनी पेन्सिल उत्पादन गर्छन ।

उनी भन्छन् ‘ए फोर सिट पेपरबाट पनि उत्पादन सम्भव छ तर त्यसको लागि हामी रिसर्च गर्दै छौ’ । उनका अनुसार पेन्सिल ७ इन्च लामो र ७ मिलिमिटरको डायमिटरको भएकोले त्यहि अनुसारको पेपर आवश्यक पर्छ’ । हाल उनले 2B पेन्सिल मात्र उत्पादन गरेका छन् ।

तत्कालको उनले पेन्सिलको बाहिरी भागमा भने पोलिथिन प्रयोग गरेका छन् । तर छिट्टै नै चाउचाउ , बिस्कुट लगायतका बाहिरको खोललाई उपयोग गर्ने सोचमा छन् ।

उनको पेन्सिलको बजारमूल्य १० रुपियाँ छ । उनी भन्छन् ‘आयातित पेन्सिलभन्दा लागत धेरै भएको कारण हाम्रो पेन्सिलको मुल्य अलि बढी छ, तर हामीले वातावरणलाई सफा राख्नुका साथै बार्षिक ६ देखि ७ हजार रुखलाई काटिनबाट जोगाएका छौ’। बिद्यालयहरुले प्रत्येक महिना ६० हजार वटा पेन्सिल लाने गरेको उनी गर्वले सुनाउछन्। उनका अनुसार हाल नेपालमा बार्षिक ८ देखि १० अर्बको हाराहारीमा पेन्सिल आयात हुने गरेको छ। त्यसमा उनले आफुले सकेको पेन्सिल नेपालमै उत्पादन गरेर सानो आकारमा भए पनि नेपालको ब्यापार घाटा कम गर्ने सोच बनाएका छन।

आफ्नो पेन्सिलको बहु फाइदा भएको दाहालको दाबी छ । यसको लागि उनी तर्क सहितको कारण पनि दिन्छन । उनी भन्छन् ‘हामीले खेर गएको पत्रिका र कागजहरुबाट पेन्सिल बनाईरहेका छौ, यदि यसो नगरेको भए पेन्सिल बनाउन कै लागि हजारौ रुख काट्नु पर्थ्यो, भारतमा काटे पनि चीनमा काटे पनि हामी हिमालय क्षेत्रक मानिसलाई असर गर्ने हो’। उनका अनुसार एउटा रुखले सय लिटरसम्म पानी संचित गर्न सक्छ । यसरी रुख नकाटिदा पृथ्वीमा अक्सिजनको मात्र बढ्ने, पानीको अभाव नहुने, बन फडानीबाट हुने प्राकृतिक विपत कम हुने लगायतका फाइदा उनी बताउछन् ।

हाल उनको पेन्सिल स्थानीय तह र नजिकका जिल्लामा नै खपत हुने भएपनि छिट्टै नै देश भर आफ्नो पेन्सिल पुर्याउने उनको सोच छ । हालको मासिक संचालन खर्च ५० देखि ६० हजार छ। सुरुमा केहि घाटा भएपनि आफुले बर्षौ बर्षपछिको समयलाई सोचेर उद्योग खोलेको कारण सन्तुष्ट छन् ।

श्रोत बिजपाटी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Show Buttons
Hide Buttons