Tuesday, 11 Dec 2018

डा. केसी र सरकार बीच बार्ता सफल

काठमाडौं, अहिले सम्मकै बढी २७ दिन अनसन बसेका डा. गोबिन्द केसी र सरकार बीचको बार्ता निष्कर्षमा पुगेको छ| डा. केसी का  धेरै जसो माग पुरा गर्न सरकार सहमत भएपछि आज दिउसो सिंहदरबार मा बसेको बार्ता निस्कर्षमा पुगेको बार्ता टोलीका एक सदस्यले जनाएका छन्|

सिंह दरबारको बार्ता सकेर एमाले नेता सुबाषचन्द्र नेम्वाड. र केदार भक्त माथेमा  सहितको बार्ता टोलि प्रधानमन्त्री निवास बालुवाटारगयको छ|बालुवाटारमा सहमति हस्ताक्षर गरे आज नै डा. केसी को अनसन तोडिने सम्भावना रहेको नेकपा नेता कृष्ण गोपाल श्रेष्ठ ले जानकारी दिनु भयो|तर डा.केसी पक्षले सरकारले गरेका सहमतिमा  पूर्ण सहमति नजनाएको डा.पक्षका बार्ता टोलीका सदस्यले बताएका छन्| नेकपा नेता कृष्ण गोपाल श्रेष्ठले डाक्टर केसीले कहिलैपनि अनसन बस्न नपर्ने गरि सहमति भएको जनाउनु भयको छ |  चिकित्सा सेवा लाई साच्चै नै उत्कृस्ट र सर्ब सुलभ बनाउने गरि दुवै पक्ष सहमत भयको ले आउदा दिनमा डा. केसी अनसन बस्नै नपर्ने श्रेष्ठ ले स्पष्ट पर्नु भयो |

सरकार संग भएका सहमति बारे डा.केसी संग छलफल गर्न  केसी पक्ष को बार्ता  टोलि अहिले शिक्षण अस्पताल पुगेको छ |डा. केसी ले काठमाडौंमा १० बर्ष सम्म मेडिकल कलेज खोल्न नपाइने र कम्तिमा ३ बर्ष सम्म अस्पताल लाई सम्बधन दिन नपाइने बिषयमा सरकार ले ठोस सहमति नगरे सम्म सहमति पत्रमा हस्ताक्षर नगर्ने अडान लिएको  डा.केसी पक्ष ले बताएका छन्|

त्यस अघि आज बिहान बालुवाटार मा भयको छलफलमा डा. केसी पक्ष र सरकारी बार्ता टोलि विच बालुवाटारमा चिकित्सा शिक्षा बिदेयकक केहि बुदा संसोधन गर्ने सहमति भयको थियो| हिजो बेलुकी डाक्टर केसी र सरकार को बार्ता असफल भयपछी राति फेरी अनौपचारिक रुपमा बार्ता भयको थियो|

१५ औ पटक अनसन बसेका डा.केसी को स्वास्थ्य अवस्था अत्यन्तै चिन्ताजनक रहेको डाक्टरहरुले बताएका छन्|

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Show Buttons
Hide Buttons