Tuesday, 11 Dec 2018

मृतक १६ वर्षीय छोराकाे सम्झनामा यी बाबुले पुरे सडकका ५ सय ५६ खाल्डा, देशभरिकाे सडककाे खाल्डा पुर्ने लिए लक्ष्य

एजेन्सी । आमाबुबालाई पुत्रशोकको पीडा सहन कति गाह्रो हुन्छ भन्ने कुरा बयान गर्न सकिँदैन । त्यसमाथि कलिलो उमेरमा छोराको मृत्यु भयो भने उनका आमाबुबाको अवस्था कस्तो होला कल्पना गर्न कठिन हुन्छ ।

तर, भारतमा एक बुबाले छोराको मृत्यु पश्चात पीडालाई सेवामा बदलेका छन् । भारतको मुम्बईमा, दादाराओ बिलहोरेले आफ्नो १६ वर्षीय छोराको मृत्यु पश्चात सडक खल्डा पुरेर सेवामा समर्पित भएका छन् । सडक दुर्घटनामा मृत्यु भएको छोराको सम्झनामा उनले सोही सडकमा रहेका ५ सय ५६ वटा खाल्डा पुरेका हुन् ।

सन् २०१५ मा सडकमा भएका खाल्डाखुल्डीका कारण मोटरसाइकल दुर्घटना हुँदा छोरा प्रकाशको ज्यान गएपछि बाबु दादाओरेले यो खाल्डा पुर्ने अभियान थालेका हुन् ।

दादाराओले देशैभरिका सडकमा भएका खाल्डा नपुरिएसम्म उनी यो कामलाई निरन्तरता दिन चाहने बताए । आइतबारसम्म उनले मुम्बईका विभिन्न सडकहरुमा भएका ५ सय ५६ खाल्डा पुरिसकेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Show Buttons
Hide Buttons