Tuesday, 11 Dec 2018
Category: राजनीति

डा. केसी र सरकार बीच बार्ता सफल

काठमाडौं, अहिले सम्मकै बढी २७ दिन अनसन बसेका डा. गोबिन्द केसी र सरकार बीचको बार्ता निष्कर्षमा पुगेको छ| डा. केसी का  धेरै जसो माग पुरा गर्न सरकार सहमत भएपछि आज दिउसो सिंहदरबार मा बसेको बार्ता निस्कर्षमा पुगेको बार्ता टोलीका एक सदस्यले जनाएका छन्| सिंह दरबारको बार्ता सकेर एमाले नेता सुबाषचन्द्र नेम्वाड. र केदार भक्त माथेमा  […]

बानेश्वरको दृष्य : वारी डा. केसीको समर्थनमा कोण सभा, पारी तरुण दल र प्रहरी झडप

काठमाडौं- चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशनरत प्राडा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा प्रदर्शन भयो। केसीका स्वतन्त्र समर्थकहरुको बाहुल्यता रहेको प्रदर्शनमा विवेकशील साझा, नयाँ शक्ति पार्टी र नेपाली कांग्रेस निकट तरुण दल पनि मिसिएका थिए। माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरतर्फ अघि बढिरहेको थियो। तरुण दल र केसीका स्वतन्त्र समर्थकहरु सँगै देखिए पनि तरुणदलका […]

आलमकाे निधनमा शोक प्रस्ताव

काठमाडौँ – राष्ट्रियसभाको आजको बैठकले संविधानसभाका पूर्वसदस्य मोहम्मद मुस्तक आलमको निधनकाे शोक प्रस्ताव पारित गरेको छ। नेपाल कम्युनिष्ट पार्टीका सदस्य एवं पूर्वराज्यमन्त्री आलमको ५३ वर्षका उमेरमा यही असार २९ गते हृदयरोगका कारण बाँसबारीस्थित गंगालाल अस्पतालमा निधन भएको थियो । उनी २०७० सालमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का तर्फबाट रौतहट क्षेत्र नं २ बाट […]

डा. केसीको अडियो सम्वोधन : विपन्न वर्गले पनि डाक्टर पढ्न सक्ने ऐन चाहिन्छ

जुम्ला- डा. गोविन्द केसीले काठमाडौँमा शनिवार उनको समर्थनमा भएको आन्दोलनलाई अडियो मार्फत सम्बोधन गरेका छन्। उनले चिकित्सा शिक्षा अध्यादेश यथारुपमा पारित नगरिए आफ्नो अनसन कुनैपनि हालतमा नतोडिने चेतावनी दिएका छन्। डा. केसीले अडियो मार्फत गरेको सम्बोधनको पूर्ण पाठ नमस्ते उपस्थित महानुभावहरु, म जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बोलदैछु । म जुम्लामा सतयाग्रहमा छु । र […]

सबै नागरिकलाई बराबरी अधिकार : प्रधानमन्त्री ओली

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले सबै नागरिकलाई बराबरीको अधिकार प्रत्याभूत गरेको बताएका छन्। अखिल नेपाल महिला संघ केन्द्रीय समितिले शनिबार यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आम नागरिकमाथि संविधानले विभेद गरेको छैन भने ‘योगमाया न्यौपानेको सामाजिक आन्दोलनका सय वर्ष र महिला मुक्ति आन्दोलन’ विषयको अन्तक्र्रियामा उहाँले कुनै पनि नागरिक राज्यको अधिकारबाट बञ्चित […]

कीर्ते नागरिकता बनाउने पक्राउ

बर्दिया- नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन्। बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए। तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाएको छ। बडाध्यक्ष तुलप्रसाद गौतमले जन्मदर्ताका आधारमा नागरिकताकोे सिफारिश गरेका थिए । […]

कर्णालीमा भूमि आयोग गठन गर्न माग

सुर्खेत- कर्णाली प्रदेशमा शक्तिशाली भूमि आयोग गठन गर्न सरोकारवालाले माग गरेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको कर्णाली प्रदेशमा मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा सहभागीले कर्णाली प्रदेशमा विद्यमान रहेको भूमिसम्बन्धी सबैखाले समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न शक्तिशाली भूमि आयोग गठन गर्न कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण […]

Show Buttons
Hide Buttons