आज बिहानैदेखि सिरहामा निषेधाज्ञा

कर्णाली अनलाइन १३ पुष २०७८, मंगलवार ०४:४९

सिरहा। सिरहामा आज बिहानैदेखि निषेधाज्ञा गरिएको छ। बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म भेला हुन र बाहिर हिँडडुल गर्न रोक लगाइएको छ।जनमत पार्टीले केही दिनदेखि गरिरहेको आमहड्ताल र चक्काजामले सर्वसाधारणमा पर्न सक्ने जोखिमलाई ध्यान राख्दै निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले पुस १३ र १४ गते निषेधाज्ञा गरिएको बताए।सोमबार जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उतर दक्षिणा ५०० मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गर्न निर्देशन दिएका थिए।

सोमबार एक विज्ञप्ति जारी गरी उनले उनले चोहर्वादेखि सिरहा सडक खण्डको पि.के.राज इन्टरप्राइजेज (पेट्रोल पम्पसम्म) तथा सो मार्गसमेत तथा ५०० मिटर पूर्व पश्चिम आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज कुवेतसँग खेल्दै

१३ पुष २०७८, मंगलवार ०४:४९
काठमाण्डाै ।१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज कुवेतसँग खेल्दैछ ।समूह चरणको अन्तिम खेलमा नेपालले कुवेतसँग खेल्न लागेको हो ।नेपाल पहिलो खेलमा नेपाल बङ्गलादेशसँग तथा दोस्रो खेलमा श्रीलङ्कासँग पराजित भएको थियो । यूएईमा बिहान सवा ११ बजे हुने खेलमा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । समूह ‘बी’ मा रहेको नेपाल […]