काठमाडौँ।बुधबार देशभर मौसम बदली हुनेछ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै बाग्मती र प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। देशको सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भूभागलगायत बाँकी पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
बुधबार दिउँसो देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने मौसमविदहरुले बताएका छन्। उनीहरुका अनुसार सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती र प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
बुधबार राति सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ को पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने मौसमविद्हरुले जनाएका छन्। सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बागमती तथा प्रदेश नं १ का पहाडी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
मौसमविद्हरुका अनुसार बिहीबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
शुक्रबार प्रदेश नं १, मधेस, बाग्मती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।