एमालेले आजको संसद बैठक पनि अवरोध गर्ने

कर्णाली अनलाइन ६ फाल्गुन २०७८, शुक्रबार ०५:०६

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा गर्दै आएको अवरोध कायमै राख्ने भएको छ। आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक पनि पार्टीको अवरोध कायमै रहने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
उनले आफ्ना माग सम्बोधन नभएसम्म संसद अवरोध गरिरहने जानकारी दिए।

त्यस्तै संसद बैठक अघि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि अनुपस्थित हुने भएको छ। प्रमुख सचेतक भट्टराईका अनुसार कार्यव्यवस्था बैठकमा जानुको औचित्य नै नभएको भन्दै सहभागी नहुने जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दलित समुदायबाट सीता परियार बनिन पहिलो महिला सीडियो

६ फाल्गुन २०७८, शुक्रबार ०५:०६
सुर्खेत।बिहीबार गृह मन्त्रालयले हुम्लाको प्रमुख जिल्ला अधिकारी (सीडियो)मा सीता परियारलाई खटाएको छ । यस अघि भक्तपुर जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा रहेकी उनलाई मन्त्रालयले हूम्लाको प्रमुख जिल्ला अधिकारी को जिम्मेवारी दिएर पठाएको हो ।परियार दलित समुदायबाट सीडियो बन्ने पहिलो महिला हुन । दलित समुदायका पुरुषहरु यस अघि पनि […]