मुगुका एक शिशुको हेलिकोप्टरमै जन्म

कर्णाली अनलाइन १७ फाल्गुन २०७८, मंगलवार ०९:०५

सुर्खेत।नेपाली सेनाको हेलिकोप्टरद्धारा उद्धार गरेर मुगुकी गर्भवतिलाई सुर्खेत प्रदेश अस्पतालमा लिने क्रममा हेलिकोप्टरमै एक शिशुको जन्म भएको छ ।मुगुबाट सुर्खेत लिदै गरेकी एक आमाले दैलेखको आकाशमा शिशुको जन्म दिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका मेजर बिलिना मल्लका अनुसार मुगु जिल्ला खत्याड गाउँपालिका ४ निवासी २० बिर्षिया गर्भवति धनलक्ष्मी रावलले हेरिकोप्टरमै बच्चा जन्माउनु भएको हो ।

सेना दिवसको अवसरमा पश्चिम हवाई वेसक्याम्प सुर्खेत नेपाली सेनाका पाईलट रत्नचन्द्र श्रेष्ठले उद्धार गरेका हुन । हेलिकोप्टरमै बच्चा जन्माएकी ति आमा र शिशुलाई प्रदेश अस्पतालमा पुरयाईएको छ । सेना दिवसको अवसरमा त्यो मानवीय उद्धार नमूनाको सेवा भएको नेपाली सेनाले जनाएको छ ।

कर्णाली प्रदेश अस्पतालका नर्सिङ निरिक्षक कल्पना थापाकाअनुसार उद्दार गरिएका आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । शुरुमा आकस्मिक कक्षमा भर्ना गरिएपनि अहिले दुवै अवस्था धेरै राम्रोहुँदा वार्डमा सारिएको थापाको भनाई छ । चालु आर्थिक वर्षको हालसम्म पश्चिम एयर वेशले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत दुर्गम क्षेत्रका ज्यान जोखिमका परेका ४० बढी गर्भवति तथा सुत्केरीको हवाई उद्दार गरिएको छजोखिममा रहेका गर्भवति तथा सुत्केरी महिलाहहरुको हवाई उद्धार सम्वन्धी कार्यविधी २०७७ अनुसार उहाँलाई नेपाली सेनाले उद्धार गरको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमसीसी अनुमोदनबारे नेकपा एसकाका अध्यक्ष माधव नेपालद्धारा पत्रकार सम्मेलन

१७ फाल्गुन २०७८, मंगलवार ०९:०५
काठमाडौं।लामो रस्साकस्सीबीच सदनबाट एमसीसी अनुमोदन भएसँगै राजनीतिक दलहरूले प्रष्टीकरण दिन थालेका छन् । यसैक्रममा नेकपा (एकीकृत समाजवादी) ले बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको पक्षमा उभिनुका कारण पत्रकार सम्मेलनमार्फत प्रष्ट्याउन लागेका हुन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेले पनि आजै एमसीसी […]