तनहुँकाे दमौली बजारमा भीषण आगलागी हुँदा सात घर जलेर नष्ट

कर्णाली अनलाइन २२ फाल्गुन २०७८, आईतवार ०६:२७

काठमाण्डौं । तनहुँकाे दमौली बजारमा भीषण आगलागी भएको छ । त्यहाँको भूपाल हार्डवेयरमा भीषण आगलागी भएको हो ।

विद्युत् लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रङ्ग भएकाले सल्केको आगो छिट्टै फैलिएको छ । अहिलेसम्म त्यहाँका सात वटा घर जलेको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आगो निभाउनका लागि काठमाण्डौदेखि  पानीसहित सिम्रिक एयरको हेलिकप्टर उडिसकेको छ । यस्तै, आगोलाई फैलनबाट रोक्न डोजरले घर भत्काउने काम पनि भइरहेको छ ।

यस्तै, आगो निभाउन चितवन, लमजुङ, पोखरालगायत ठाउँबाट समेत दमकल मगाइएको उहाँले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भक्तपुरमा श्रीमानले श्रीमतीलाई कुटपिट गरी तेजाब प्रहार

२२ फाल्गुन २०७८, आईतवार ०६:२७
काठमाण्डौं । भक्तपुरमा श्रीमानले श्रीमतीलाई कुटपिट गरी तेजाब प्रहार गरेका छन् ।भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोट चित्रपुर बस्ने ६५ वर्षका श्याम गुभाजुले ६० वर्षकी श्रीमतीलाई कुटपिट गरी तेजाब प्रहार गरेका प्रहरीले जनाएको छ । तेजाब प्रहारबाट घाइते भएकी उहाँलाई कीर्तिपुरको बर्न अस्पतालमा उपचारका लागि लगिएको छ । तेजाब छ्याप्ने […]

सम्बन्धित शीर्षक