गायिका एलिनादेखि बालगायक मल्ल सुर्खेत आउँदै

कर्णाली अनलाइन १८ चैत्र २०७८, शुक्रबार ०१:५१

सुर्खेत । कर्णाली घुमौं वृहत साँस्कृति कार्यक्रमका लागि अहिलेका चर्चित गायक र गायिका सुर्खेत आउन लागेका छन् । वीरेन्द्रनगरको घण्टाघरमा आयोजना गरिएको कार्यक्रममा चर्चित तीन गायिका र बाल गायक सहभागी हुन लागेका हुन् ।

कर्णाली प्रदेश पर्यटन क्षेत्रमा धनी भएकाले प्रचारप्रसार गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको नेपाल ह्याण्ड बल संघ शाखा सुर्खेतका सचिव निरक ठकुरीले नेपालीरैबारलाई जानकारी दिए । उनकाअनुसार सुर्खेत आउन लागेका  कलाकारहरुमा पछिल्लो पटक रुचाइएका गायिकाहरु अस्मिता अधिकारी, एलिना चौहान, रचना रिमाल र बाल गायक सुप्रिम मल्ल ठकुरी छन् । घण्टाघर प्रमुख पर्यटकीय स्थल भएकाले पनि कार्यक्रम पार्कमा राखिएको ठकुरीको भनाई छ । उनले कार्यक्रममा प्रवेशका लागि रु. दुई सयको टिकट लाग्ने जानकारी दिए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री देउवा आज भारत जाँदै : भारतीय समकक्षीसँग शनिबार भेटवार्ता

१८ चैत्र २०७८, शुक्रबार ०१:५१
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने औपचारिक भ्रमण गर्न शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन्। भ्रमण कार्यक्रमअनुसार  शुक्रबार दिउँसो २ः५० बजे प्रधानमन्त्री देउवा भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन्। आजै दिउँसो ४ः३० बजे भारतीय विदेशमन्त्री एस. जयशंकरले होटल आइटीसीमा प्रधानमन्त्री देउवासँग […]