नदीमा हाम फालेर एक महिलाद्वारा आत्महत्या

कर्णाली अनलाइन २७ चैत्र २०७८, आईतवार ०८:०३

दार्चुला।महाकाली नदीमा हाम फालेर एक महिलाले आत्महत्या गरेकी छन्। दार्चुलाको महाकाली नगरपालिका ४ स्थित घाटबजार रोशन वियर बारमा काम गर्ने अन्दाजी २६ वर्षीया दमन्ती धामीले नदीमा हाम फालेकी हुन्।

आइतबार बिहान रिङनतालको सिंढीबाट उनले महाकाली नदीमा हाम फालेको प्रहरीले जनाएको छ। सोही स्थानमा आवतजावत गर्ने मानिसहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

त्यसलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करिब २ किलोमिटर तल वडा नम्बर ५ नमस्कार मन्दिर नजिक महाकाली नदी किनारमा उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको हो।उनको शव जिल्ला अस्पताल दार्चुलामा राखिएको बताइएको छ।@RSS


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सेनाले सशस्त्र प्रहरीलाई १० हजार ६ सय थान हतियार दिने, पहिलो चरणमा ६ सय थान हस्तान्तरण

२७ चैत्र २०७८, आईतवार ०८:०३
काठमाडौँ।नेपाली सेनाले सशस्त्र प्रहरीलाई झन्डै ६ सय थान हतियार उपलब्ध गराएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा भएको कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई इन्सास राइफल पाँच सय वटा र अन्य राइफल ९० थान गरी पाँच सय ९० थान हतियार प्रदान गर्नुभयो । सेनाले हतियारको साथमा हतियारमा […]