सल्यानमा जिप दुर्घटना हुँदा सात घाइते

कर्णाली अनलाइन २८ चैत्र २०७८, सोमबार ०६:१२

सल्यान। सल्यानमा सोमबार बिहान जिप दुर्घटना हुँदा एकै परिवारका ६ जना घाइते भएका छन्।  नेपालगन्जबाट सुत्केरी बोकेर बागचौर नगरपालिकाको थारमारे जाँदै गरेको सु.प.प्र ०१–००१ च ३२५८ नम्बरको जिप छत्रेस्वरी गाउँपालिका– ६ चैबाङज्युला नजिकै दुर्घटनामा परेको हो।

दुर्घटनामा परी एकै परिवारका ६ जना र चालकसहित सात जना घाइते भएका छन्। घाइते हुनेमा बागचौर १० निवासी ४५ वर्षीय लिलमान बस्नेत, २९ वर्षीय सरिता बस्नेत, २५ वर्षीया सिर्जना बस्नेत, ५ वर्षीयाया प्रकृति बस्नेत र ७ दिने शिशु रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक अर्जुन पौडलेका अनुसार दुर्घटनामा परेर घाइते भएका सबैको अवस्था सामान्य छ। सात दिने शिशुको भने श्रीनगरस्थित परोपकार अस्पतालमा उपचार भइरहेको छ।

जिप अनियन्त्रित भएर दुर्घटनामा परेको र सडकदेखि पाँच मिटर तल शारदा नदीमा किनारमा खसेको छ। गाडी चालक कपुरकोट गाउँपालिका–४ गाडापानी निवासी जगतकुमार थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवती गोलीसहित पक्राउ

२८ चैत्र २०७८, सोमबार ०६:१२
काठमाडौँ। त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलमा एक राउण्ड गोलीसहित एक युवती पक्राउ परेकी छन ।पक्राउ पर्नेमा भानु नगरपालिका –७ की २७ वर्षिया सोविता नेपाली रहेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको अपराध अनुसन्धान शाखाले जनाएको छ। नेपाल एयरलाइन्सको जहाजबाट आइतबार मलेसिया हुँदै जापान जान लागेकी सोविताको साथबाट गोली बरामद भएको हो ।विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको […]