जेठ १ देखी लागु हुनेगरी सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय

कर्णाली अनलाइन १४ बैशाख २०७९, बुधबार ०९:१३

काठमाडौँ। सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।जेठ १ गतेबाट लागु हुनेगरी सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने  निर्णय गरेको हो ।हप्तामा दुईदिन बिदा भएपनि कार्यालय समय भने बढाइएको छ।

बिहान ९ ३० बजेदेखी र साँझ ५ ३० बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।अहिले यो प्रावधान परीक्षणका रुपमा हुने उनले बताए।पेटा«ेलियम पदार्थको मूल्य बढ्नु र विदेशी मुद्रा सन्चितिमा दवाव बढ्दै गएपछि यस्तो प्रावधान लागू गरिएको हो ।नेपाल आयल निगमले पनि केही समय अघि हप्तामा दुईदिन बिदाको प्रस्ताव गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अवैध चितुवाको छालासहित सुर्खेतमा तीन जना पक्राउ

१४ बैशाख २०७९, बुधबार ०९:१३
सुर्खेत ।अवैध चितुवाको छालासहित सुर्खेतको वीरेन्द्रनगरबाट  तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार दिउँसो २ बजेको समयमा वीरेन्द्रनगर–१० बसपार्कबाट पक्राउ गरेको हो ।उनीहरुलाई बसपार्क स्थित सुनिता होटेल एण्ड लजको दोस्रो तलाको ४ नम्बर कोठाबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जुम्लाको सिँजा गाउँपालिका–८ हाल सुर्खेतको […]