विद्युत प्रशारण लाइनमा पुरुष हिँड्दा प्राधिकरणलाई ६० लाख घाटा

कर्णाली अनलाइन २८ जेष्ठ २०७९, शनिबार १२:१७

काठमाडौँ।नुवाकोटको विद्युत प्रशारण लाइनमा एक पुरुष पुगेपछि नेपाल विद्युत प्राधिकरणले ६० लाख रुपैयाँ हाराहारी घाटा बेहोर्नुपरेको छ । ५ घण्टा विद्युत उत्पादन बन्द गर्दा सो रुपैयाँ बराबरको घाटा भएको विधुत प्राधिकरणका प्रभक्ता सुरेस बहादुर भट्टराईले जानकारी दिए । उनलाई तल झार्न दिनभर प्रयास गर्दा पनि सफल भएको छैनौँ । विद्युत उत्पादन बन्द गर्नुपर्दा घण्टामा १० देखि १२ लाख रुपैयाँ बराबर घाटा भइरहेको छ ।

विद्युत उत्पादन बन्द गर्दा काठमाडौंमा बिजुली पुर्याउन गाह्रो हुन लागेको छ । झन्डै ७० मेगावाट विद्युत उत्पादन बन्द गरिएको छ । प्रहरीले पनि तल झार्न प्रयास गरिहेको छ । के गर्ने के नगर्ने भइरहेको छ ।’ नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक शनिवार बिहानदेखि २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका छन् ।

बिहान ९ बजे प्रशारण लाइनको टावरबाट सबैभन्दा माथिल्लो लाइनमा पुगेका उनलाई अपराह्न साढे ४ बजेसम्म उद्धारको प्रयास सफल हुन सकेको छैन । बिहान ९ बजेदेखि विद्युत उत्पादन बन्द गरिएको बताए । तलबाट बोलाउँदा नमानेपछि उनको उद्धारका लागि प्राधिकरणले प्रमुख जिल्ला अधिकारी र सेनालाई गुहारेको छ । ‘

तारमा गएर उसलाई तल झार्न पनि सम्भव छैन्, बोलाउँदा झन् झन् माथि गइरहेको छ । नेपाली सेनालाई पनि भनेका छौँ, सिडिओ पनि लागिरहनुभएको छ । आर्मीले हेलिकप्टर लिएर जाँदा पनि उद्धार गर्नुपर्ने मान्छे नै तयार भएन भने के गर्ने समातेर ल्याउन पनि नमिल्ने अवस्था छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नागरिकतामा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने १४ जना कारवाहीमा

२८ जेष्ठ २०७९, शनिबार १२:१७
बैतडी।जिल्लामा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ। आफैँले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन्।उनीहरु १४ जनालाई कारवाही र जरिवाना हुने भएको छ। सामाजिक सुरक्षा भत्ता लिएको गुनासो आएपछि सोधपुछ तथा प्रशासनमा रहेको विवरण हेर्दा डिलाशैनी गाउँपालिकाका १३ र दोगडाकेदार गाउँपालिकाका १ […]