भरतपुरको पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

कर्णाली अनलाइन २७ असार २०७९, सोमबार १०:१२

चितवन । भरतपुर महानगरपालिका- १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । घटनामा परी इच्छाकामना गाउँपालिका-३ का २१ वर्षीय सन्दीप गुरुङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान १ः३० बजेको समयमा पुल्चोकबाट मुग्लिनतर्फ जाँदै गरेको ना५ख ८४९७ नंको ट्रकले भित्री सडकबाट पोखरा बसपार्क जाने मुख्य सडक पार गर्न लागेको ना२६प ४८५१ नंको स्कुटरलाई ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट स्कुटर चालक गैँडाकोट नगरपालिका–४ का २१ वर्षीय मनिष लामा गम्भीर घाइते भएका थिए । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । पछाडि सवार गुरुङको उपचारका क्रममा मृत्यु भएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डोल्पाको सदरमुकाम दुनैस्थित शान्तिटोलमा बाढीपहिरोले २४ परिवार विस्थापित

२७ असार २०७९, सोमबार १०:१२
सुर्खेत । डोल्पाको ठुलिभेरी नगरपाालिका–३ का २४ घरधुरी बाढीका कारण विस्थापित भएका छन् । सदरमुकाम दुनैस्थित शान्तिटोलमा बाढीपहिरोले २४ परिवार विस्थापित भएका हुन्।ठूलीभेरी नगरपालिका–३ शान्तिटोलमा अचानक आएको   बाढीपहिरोले   नन्नाकुमारी   विकको   एकतले कच्ची घरलाई पूर्ण रूपमा क्षति पुर्‍याएको छ । धनबहादुर घर्ती, झुमा विक, उर्मिला विश्वकर्मा, मोतिलाल  रोकाया,  मानबहादुर […]