कर्णाली प्रदेशका हिमाली जिल्लाका तीन विमानस्थललाई नौं करोड बजेट विनियोजन

कर्णाली अनलाइन १९ श्रावण २०७९, बिहीबार १२:२६

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लाका तीन विमानस्थललाई थप सुविधा सम्पन्न बनाउन केन्द्रीय सरकारले नौ करोड बजेट विनियोजन गरेको छ । नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षका लागि उक्त बजेट विमानस्थलमा रहेका टर्मिनल भवन निर्माणमा खर्चिने जनाएको हो ।

पूर्वाधार निर्माणका खर्च गरिने बजेटमध्य मुगुको रारा विमानस्थलको टर्मिनल भवन निर्माण गर्न पाँच करोड रूपैयाँ विनियोजन गरिएको छ । ताल्चा विमानस्थलमा आर्थिक वर्ष २०७५र०७६ मा आठ करोड ६५ लाख रूपैयाँमा निर्माण हुने गरी यसको निर्माण सम्झौता भएको हो ।जुम्ला विमानस्थलका लागि एक करोड बजेट पठाइएको मन्त्रालयले जनाएको छ ।

डोल्पाको मसिनेचौर विमानस्थलले टर्मिनल भवन बनाउन १५ लाख रूपैयाँ बजेट पाएको छ ।मसिनेचौरमा आर्थिक वर्ष २०७२र०७३ बाट टर्मिनल भवन बनाउन बजेट विनियोजन हुँदै आएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोटरसाइकको ठक्करबाट महिलाको मृत्यु भएपछि एयरपोर्ट चोक तनावग्रस्त

१९ श्रावण २०७९, बिहीबार १२:२६
सुर्खेत। जिल्लाको वीरेन्द्रनगरमा शुक्रबार मोटरसाइकलको ठक्करबाट महिलाको मृत्युपछि आन्दोलन गरिएको छ। महिलाका आफन्तहरुले शनिबार दिउँसो आन्दोलन गर्दै यातायातका साधनहरु बन्द गराएका थिए। आफन्तहरुले पीडकलाई कारबाही र उचित क्षतीपूर्तीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले आफ्न्तहरुले आफ्नो माग पुरा गरिपाउँ भन्नका लागि आन्दोलन गरेको बताए। […]

सम्बन्धित शीर्षक