निर्वाचन आयोगले आइतबार मतदाता नामावली प्रकाशन गर्दै

कर्णाली अनलाइन ११ भाद्र २०७९, शनिबार २१:५१

काठमाडौंनिर्वाचन आयोगले आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि भोलि मतदाता नामावली प्रकाशन गर्ने भएको छ।आयोगले आज सूचना जारी गर्दै भोलि भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने जानकारी दिएको हो।नामावलीमा भएको त्रुटि सच्याउन भने पर्सि १३ गतेदेखि १५ गतेसम्मको समय दिएको छ।

उक्त दुई दिन प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन तथा कुनै मतदाताको नाम एकभन्दा बढी ठाउँमा समावेश भएमा एक ठाउँमा मात्रै राख्न आयोगको कार्यलयमा निवेदन दिन सकिने जनाएको छ। त्यसैगरी मृत्यु भएका तथा नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउन भने भदौ १६ गतेसम्म निवेदन दिन सकिने आयोगले जनाएको छ।

आयोगले मतदाता नामावली अद्यावधिकका लागि सहयोग गर्न सबै मतदातालाई अनुरोध गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पलाई ५ वर्षको जेल सजाय !

११ भाद्र २०७९, शनिबार २१:५१
काठमाडौं।अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि सरकारका गोप्य दस्ताबेज घरमा राखेको आरोप लागेको छ। अमेरिकाको संघीय अनुसन्धान ब्यूरो एफबीआइले ट्रम्पको घरमा छापा मार्दा सरकारका गोप्य दस्तावेजहरु राखेको पाइएको बताएको हो। यसले अमेरिकी गोपनियता सम्बन्धी कानून उल्लंघन गरेको एफबीआइको आरोप छ। एफबीआइ अधिकारीका अनुसार ट्रम्पको घरमा १४–१५ बाकसमा सरकारी दस्तावेजहरु राखिएको पाइएको छ। […]