अछाममा भीषण पहिराे: १४ जनाकाे मृत्यु, ६ बेपत्ता

कर्णाली अनलाइन १ आश्विन २०७९, शनिबार ११:५३

अछाम । अछाममा अविरल वर्षापछि गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ। अछामको कमलबजार नगरपालिका वडा नम्बर ६, वडा नम्बर ८, ढकारी गाउँपालिका–६ र तुर्माखाँद गाउँपालिका ६ मा पहिरोमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए।

उनका अनुसार अझै ११ जना बेपत्ता छन्। कमलबजार नगरपालिका–६ मा पहिरोमा परेका १४ जनामध्ये ४ जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले बताए। यस्तै त्यहाँ ३ जना बेपत्ता छन्।

कमलबजार नगरपालिकाकै वडा नम्बर ८ मा पहिरोमा परेका ६ जनामध्ये ५ जनाको शव भेटिएको छ। त्यहाँ एक जनाको उद्धार गरिएको छ।

ढकारी गाउँपालिका–६ मा पहिरोमा परेका ५ जनामध्ये एक जनाको शव भेटिएको छ भने एक जना बेपत्ता छन्। ३ जनाको सकुसल उद्धार गरिएको छ।तुर्माखाँद गाउँपालिका–५ मा पहिरोमा परेका ९ जनामध्ये २ जनाको शव भेटिएको छ भने अन्य बेपत्ता ७ जनाको खोजी भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नागरिकता विधेयक सम्बन्धि राष्ट्रपति आफ्नो अडानमा यथावत

१ आश्विन २०७९, शनिबार ११:५३
काठमाडौँ ।राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष दोस्रोपटक प्रमाणिकरणका लागि नागरिकता विधेयक पेश गरेको मंगलबार १५ दिन पुगेको छ।भदौ २० गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर पठाएको नागरिकता ऐन संशोधन गर्ने विधेयक संविधानत मंगबारसम्म प्रमाणिकरण भइसक्नुपर्छ। संविधानको धारा ११३ (४) ले पुनःविचारका लागि फिर्ता पठाएर फेरि प्रमाणिकरणका लागि पेश भएको विधेयक रोक्ने […]