२४ घन्टामा थपिए ५४० डेंगीका नयाँ बिरामी, दुई जनाको मृत्यु

कर्णाली अनलाइन १३ आश्विन २०७९, बिहीबार २२:३६

काठमाडौँ।पछिल्लो चौबिस घण्टामा देशभर ५४० जना डेंगीका नयाँ बिरामी थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगी बिरामीको संख्या २८ हजार १०९ पुगेको छ।

बितेको चौबिस घण्टामा डेंगीका कारण थप दुई जनाको मृत्यु भएको छ। योसँगै यसवर्ष डेंगीका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ।नेपालमा पहिलो पटक २०६१ सालमा डेंगीको बिरामी भेटिएका थिए। त्यसपछि प्रत्येक वर्ष डेंगीका बिरामी भेटिँदै आएका छन्।

यसवर्ष देशका ७७ मध्ये ७६ जिल्लामा डेंगीका बिरामी भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार अहिले सबैभन्दा बढी डेंगीका बिरामी बामगती प्रदेशमा भेटिएका छन्। बागमती प्रदेशमा २१ हजार ९७५ जना डेंगीका बिरामी भेटिसकेका छन्।

गत साउन १ गतदेखि हालसम्म प्रदेश १ मा ८२९, मधेस प्रदेशमा ४१३, गण्डकी प्रदेशमा ६७७, लुम्बिनी प्रदेशमा ३ हजार १२५, कर्णाली प्रदेशमा २३८ र सुदुरपश्चिम प्रदेशमा ८५० जना डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एकीकृत समाजवादी डोल्पाका जिल्ला अध्यक्ष बुढा एमालेमा प्रवेश

१३ आश्विन २०७९, बिहीबार २२:३६
सुर्खेत।नेकपा एकीकृत समाजवादी डोल्पाका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य नन्दसिंह बुढा नेकपा एमालेमा प्रवेश गरेका छन्। बिहिबार एमाले महासचिव शङ्कर पोखरेलले उनलाई पार्टीमा स्वागत गरेका हुन्। उनले कर्णाली प्रदेशमाा मन्त्री बन्नकै लागि ‘फ्लोर क्रस’ गरेर लामो समयसम्म उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी निर्वाह गरेका थिए। उनले विगतका केही […]