प्रचण्डलाई भेटेर बालुवाटारबाट बाहिरिए ओली

कर्णाली अनलाइन १५ पुष २०७९, शुक्रबार १३:२१

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेर बालुवाटारबाट बाहिरिएका छन्। प्रचण्डलाई भेट्न ओली आज बिहानै बालुवाटार पुगेका अध्यक्ष ओली छलफल सकेर बाहिरिएका हुन्। उनीहरूबीच केन्द्र, प्रदेश सरकारको बाँडफाँट र सरकारका नीति तथा कार्यक्रमहरुबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सत्ता साझेदार दलहरूले हिजो मात्रै राजनीतिक उच्चस्तरीय संयन्त्र बनाएका छन्। त्यसको नेतृत्व ओलीलाई दिइएको छ। यन्त्रले आवश्यकताअनुसार सरकारलाई मार्गनिर्देशनसमेत गर्न सक्नेछ।

सत्तारूढ दलले एमाले उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा साझा न्यूनतम कार्यक्रमको मस्यौदा समिति पनि बनाएका छन्।

समितिका सदस्यहरूमा माओवादीबाट वर्षमान पुन, राप्रपाबाट धवलशमशेर राणा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल सदस्य छन्। जसपाले नाम टुंगो लगाउन बाँकी छ।​

गठबन्धन मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका मुद्दा थाती राखेर सरकार साझा न्यूनतम कार्यक्रम बनाउन जुटेको हो।  सरकारको साझा न्यूनतम कार्यक्रम र संसद्बाट विश्वासको मत हासिलपछि मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको योजना छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भिरबाट लडेर कालीकोटमा एक जनाको मृत्यु

१५ पुष २०७९, शुक्रबार १३:२१
सुर्खेत । कालीकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। बुधबार दिउँसो ४ बजेको समयमा महावै गाउँपालिका–६ की ५८ वर्षीया धर्मकला शाहीको मृत्यु भएको हो। प्रहरीका अनुसार धर्मकला घरबाट सदरमुकाम मान्मतर्फ जाने क्रममा सोही पालिकाको पान्तडी भिरबाट २०० मिटर तल खस्न गई मृत्यु भएको हो।धर्मकला लडेको खबर स्थानियले प्रहरीलाई गरेका थिए।

सम्बन्धित शीर्षक