काठमाडौँ।नेकपा एमालेले नेता सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार उठाउने निर्णय गरेको छ। शनिबार बिहान ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यलयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहित ८ दलले कांग्रेस नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।