पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिश्वासको मत पाएका छन् ।वैशाख १४ गते माओवादी र एकीकृत समाजवादीको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । पाण्डेको पक्षमा ३५ मत परेको छ भने विपक्षमा २२ मत परेको छ ।
२ मत तटस्थ छ । राप्रपाले मतदान गरेन । पाण्डेलाई कांग्रेसका २७, माओवादीका ७ र एकीकृतका १ सांसदले मतदान गरेका हुन् ।
एमालेका २२ जनाले विपक्षमा मतदान गरे । बिश्वासको मत सँगै पाण्डेले सरकार विस्तारको तयारी गरेका छन् । केही दिनभित्रै सरकार विस्तार हुने पाण्डेले बताए ।