गुडिरहेको जिपबाट खस्दा एक घाइते

कर्णाली अनलाइन ६ जेष्ठ २०८०, शनिबार १८:११

सल्यान।सल्यानमा गुडिरहेको जिपबाट खस्दा एक महिला सख्त घाइते भएकी छन्।जिल्लाको त्रिवेणी गाउँपालिका १ काभ्रा बजारबाट नयाँ गाउँ जाँदै गरेको भे १ च १५५९ नम्बरको डबल क्याप बोलेरो जिपबाट शनिबार दिउँसो खस्दा कालिमाटी गाउँपालिका १ लक्ष्मीपुर निवासी ४० वर्षीया डिल्ली कामी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

गुडिरहेको जिपको ढोका अकस्मात् खुल्दा जिपमा सवार कामी खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए।

गम्भीर घाइते कामीलाई स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात् थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको उनको भनाइ छ।

उनका अनुसार महिलाको अवस्था गम्भीर रहेको छ। जिप चालक कालिमाटी गाउँपालिका १ का २६ वर्षीय पप्पु डाँगी सख्त घाइते भएकी महिलाको साथमा रहेका घाइते महिलालाई उनले नै अस्पताल लगेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लिम्पियाधुरा लिपुलेक, कालापानी, नेपाली भूमी हो : प्रधानमन्त्री दाहाल

६ जेष्ठ २०८०, शनिबार १८:११
काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले थाती रहेका सीमा विवादलाई कुटनीतिक माध्यमबाट समाधान गर्ने बताएका छन्। आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले सदन पेश गरेको नीति तथा कार्यक्रमकाथि उठेका प्रश्नको जवाफ दिँदै दाहालले लिम्पियाधुरा लिपुलेक, कालापानी, नेपाली भूमी नेपालकै भएकाले त्यसलाई कुटनीतिक माध्यमबाट फर्काउने बताएका हुन्। राष्ट्रियसभामा प्रधानमन्त्री दाहालले भने, […]