भीरबाट लडेर रुकुम पश्चिममा एक जनाको मूत्यु

कर्णाली अनलाइन २४ जेष्ठ २०८०, बुधबार १६:४२

सुर्खेत । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–४ मा रहेको ढुङ्गा खानिको भीरबाट लडेर एक जनाको मूत्यु भएको छ । मूत्यु हुने व्यक्ति गोताम बस्ने अन्दाजी ५९/६० बर्षका हिरे कामी रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपाल चन्द्र भट्टराईले जानकारी दिए ।

स्थानीय मनरुप टमटा र लटे कामिको घर छाउन ढुङगा निकाल्ने क्रममा उक्त ढुङगाखानि बाट उनि लडेका थिए । उनी भिरबाट करीब ६००÷७०० मिटर तल भिरमा खसेका थिए । प्रहरी र स्थानियको सहयोगमा उनको लास निकालिएकाे प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटको रास्कोटमा बोलेरो जिप दुर्घटना ,दुईको मृत्यु ,एक गम्भिर घाइते

२४ जेष्ठ २०८०, बुधबार १६:४२
कालिकोट। जिल्लाको रास्कोट नगरपालिका -२ सेराबजारमा बोलेरो जिप  दुर्घटनाहुदाँ दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । दुर्घटनामा परि रास्कोट नगरपालिका वडा न १ का मन बहादुर शाही र उनकी धर्मपत्नी मन कुमारी शाहीको घटनास्थमै मृत्यु भएको छ ।भने रिता शाही गम्भिर घाइते भएकी छन।घाइते शाहीलार्ई […]

सम्बन्धित शीर्षक