जाजरकोटको ६.४ को भुइँचालोको केन्द्र जमिनबाट १० किलोमिटर तल

कर्णाली अनलाइन १८ कार्तिक २०८०, शनिबार ०९:१०

सुर्खेत।पश्चिम नेपालको कर्णाली प्रदेशस्थित जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः४७ बजे ६.४ म्याग्निच्युडको भुइँचालो गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछि चार घण्टाको अवधिमा ४ म्याग्निच्युडभन्दा माथिका तीनवटा परकम्प गएका छन् । ‘गएरातिको भूकम्प आफैंमा परकम्प हो,’ केन्द्रका एक भूकम्पविद्ले भने, ‘अरु साना कैयौं परकम्पहरु गएका छन् । ४ रेक्टरभन्दा माथिका तीनवटा परकम्प मापन भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जाजरकोट भूकम्प-मृत्यु हुनेको संख्या १५४ पुग्यो

१८ कार्तिक २०८०, शनिबार ०९:१०
सुर्खेत।जाजरकोटमा गएराति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ।पछिल्लो प्राप्त तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुकुम-पश्चिममा ६२ जनाको मृत्यु भएको हो।घाइतेको संख्या डेढ सयभन्दा माथि पुगिसकेको छ। भूकम्पमा परी गम्भीर घाइते भएका रुकुम-पश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल, सुर्खेत ल्याइएको हो। […]