भालुवाङ दुर्घटना–१२ जनाको मृत्यु,८ जनाको सनाखत ,दुर्घटनाको यस्तो छ खास कारण?

कर्णाली अनलाइन २८ पुष २०८०, शनिबार १०:०७

दाङ।जिल्लाको भालुवाङमा शुक्रबार राती करिव १० बजे राप्ती पुलमा बस दुर्घटना भयो ।दुर्घटनामा परेको बसले ट्राफिक छलेको पाइएको छ। राप्ती पुल किनारमा अस्थायी ट्राफिक प्रहरी चौकी छ।

ट्राफिक प्रहरीका अनुसार बस नेपालगञ्जबाट काठमाडौंको लागि अघि बढ्दै गर्दा भालुबाङ पुलचोकमा ट्राफिक जाँच थियो। दुईवटा बस सँगै थिए। जसमध्ये एउटा बस चेकिङमा अडियो। अर्को बस तीव्र गतिमा अघि बढ्यो।

ट्राफिक जाँच छलेर तीव्र गतिमा गुडेको बस पुलमा प्रवेश गरेलगत्तै फलामको रेलिङ भाँचेर दक्षिण किनारमा खसेको स्थानीय पनि बताउँछन्।

दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार परिचय खुल्नेहरुमा मकवानपुर हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाण्डौको चन्द्रागिरि नगरपालिका–१५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामवरण हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय तथा बाँकेको नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत रहेका छन् ।

अरु चार जनाको अहिलेसम्म सनाखत हुन सकेको छैन। । शवलाई लमहीको लमही अस्पतालमा राखिएको छ ।

‘दुर्घटना हुनेजस्तो स्थान त होइन। तर, बस खस्यो’, स्थानीय अशोक बेल्वासेले भने, ‘भालुबाङ बजारमा बाटो फराकिलो छ। तर, पुलमा जोडिने बेलामा साँघुरो छ। तीव्र गतिमा गुडेको गाडी नियन्त्रणमा आउन कठिन छ। हामीले सकेको उद्दार गर्‍यौं।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भालुवाङ दुर्घटना:ज्यान गुमाउने १२ जनाकै सनाखत

२८ पुष २०८०, शनिबार १०:०७
दाङ ।दाङमा बस दुर्घटनामा ज्यान गुमाएका १२ जनाकै सनाखत भएको छ। वडा प्रहरी कार्यालय लमहीका अनुसार नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको भे १ ख ३९१२ नम्बरको बस दुर्घटनामा ज्यान गुमाउने एक महिला र ११ पुरुषको सनाखत भएको छ। दुर्घटनामा ज्यान गुमाउनेमा बाँके नेपालगञ्ज निवासी ६० वर्षीय कुसुम बस्नेत, मकवानपुर हेटौंडा निवासी […]