दुई तिहाइको शक्तिशाली प्रधानमन्त्री बने ओली

कर्णाली अनलाइन ६ श्रावण २०८१, आईतवार २०:५३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गरेका छन् । आइतबार बसेको संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठकमा गरिएको मत विभाजनमा ओलीले विश्वासको मत प्राप्त गरेका हुन् ।

कूल २६३ मत रहेकोमा प्रधानमन्त्री ओलीले १८८ मत प्राप्त गरे । यो वर्तमान संसद्को दुई तिहाइ मत हो ।

उनको विपक्षमा ७४ मत परेको थियो । १ सांसद तटस्थ बसे । ओलीलाई एमालेसहित, कांग्रेस, जसपा, जसपा नेपाल, जनमत, लोसपा नेपाल, नागरिक उन्मुक्तिसहितका दलले विश्वासको मत दिए भने माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीसहितका दलले विपक्षमा मतदान गरे ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । उनले त्यसको भोलिपल्टै पदभार ग्रहण गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डडेल्धुरा बस दुर्घटना : मृतककाे संख्या पाँच पुग्याे

६ श्रावण २०८१, आईतवार २०:५३
धनगढी।डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको बस मंगलबार राति साढे १२ बजे डडेल्धुराको अमरगढीमा दुर्घटना भएको हो । घटनास्थलमा बुधबार बिहान थप एक जनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो ।जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी एवं प्रहरी […]