प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

कर्णाली अनलाइन १६ फाल्गुन २०८१, शुक्रबार १४:५२

काठमाडौँ।प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ। त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित भएका छन्।

कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौँका लागि आएका कतार एयरवेजका क्यूआर६५२ जहाज कोलकाता डाइभर्ट गरिएको छ। त्यसबाहेक मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमान पनि डाइभर्ट भएका छन्। मौसमकै कारण सिचुआन एयरलाइन्सको उडान रद्द भएको छ।

मौसमका कारण आन्तरिक उडान पनि प्रभावित भएका छन्। कार्यालयका अनुसार काठमाडौँ–पोखरा, काठमाडौँ–भरतपुर, काठमाडौँ–नेपालगञ्ज, काठमाडौँ–राजविराज, काठमाडौँ, विराटनगर, काठमाडौँ–जनकपुर, काठमाडौँ–भद्रपुर, काठमाडौँ–भैरहवा लगायतका केही उडान रद्द भएको कार्यालयले जनाएको छ। साथै अधिकांश उडान डिले भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लामो समयपछि पानी पर्दा कृषकहरु हर्षित

१६ फाल्गुन २०८१, शुक्रबार १४:५२
रुकुम पश्चिम। रुकुम पश्चिममा लामो समयपछि पानी पर्दा कृषकहरु हर्षित भएका छन्। लामो समयपछि शुक्रबारबाट वर्षा हुँदा किसान हर्षित भएका हुन्। बिहान ४ बजेबाट पानी परेसँगै मौसम अन्धकार बनेको छ। पानी परेसँगै जिल्लाका उच्च भुभाग हल्का हिमपात पनि भएको छ । लामो समयपछि पानी पर्दा बाँझो जमिन खनजोत गर्न तथा […]