काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको निष्पक्ष छानविन हुने बताएका छन्।
शनिबार थाइल्याण्डको औपचारिक भ्रमण सेकर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन्।
तीनकुने घटनाको न्यायिक छानविन हुनुपर्छ भन्ने माग उठिरहेको उल्लेख छ नि? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा न्यायिक छानविन हुन पनि सक्ने र नहुन पनि सक्ने बताए। तीनकुने घटनाको लागि न्यायिक छानविन गठन गर्ने कि नगर्ने भन्नेबारेमा विचार गर्ने उनको भनाइ थियो।
उनले भने, ‘न्यायिक छानविन नभनौँ। न्यायिक छानविन नहुन पनि सक्छ, हुन पनि सक्छ। तर छानविन निष्पक्ष हुन्छ। सबै कुरामा न्यायिक छानविन नै चाहिन्छ भन्ने पनि छैन। त्यो हामी विचार गर्नेछौँ।’

