प्रमोदको ‘परदेश बोल’ गीत बजारमा

कर्णाली अनलाइन ९ पुष २०७८, शुक्रबार १०:५८

काठमाडौँ। प्रमोद खरेलको स्वरमा गीतकार प्रकाश योञ्जनको ‘परदेश बोल’ को गीत बजारमा आएको छ । सिन्धुपाल्चोकका योञ्जनले लेखेका उक्त गीत दर्शकले मनपराउनेमा उनि विश्वस्त छन । गीतकार योञ्जन आमालाई चाहियो रे बोलको गीतबाट साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका हुन् ।

सार्वजनिक भएको परदेश गीतलाई गीतकार प्रकाश योञ्जनले लेखेका हुन् भने टीका बम्जनले सङ्गीत भरेका हुन् । पवन लामाले सङ्गीत संयोजन गरेको गीतलाई गायक प्रमोद खरेलले गाएका हुन् । उमेश गुरुङले निर्देशन, कमला अमगाइले निर्माण, शम्भु चालिसेले भिडियोलाई छायाङ्कन गरेका हुन् । भिडियोमा महेश खड्का उषा सुवेदी र पशुना केसीको अभिनय समेटिएको छ । रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भाेली क्रिसमसका दिन सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

९ पुष २०७८, शुक्रबार १०:५८
काठमाडौं। इसाई धर्मावलम्बीहरूको चाड क्रिसमसका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डिसेम्बर २५ (पुस १०) मा पर्ने क्रिसमसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘क्रिसमस डेको अवसरमा २०७८ पुस १० गते सार्वजनिक बिदा […]