भाेली क्रिसमसका दिन सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

कर्णाली अनलाइन ९ पुष २०७८, शुक्रबार ११:०५

काठमाडौं। इसाई धर्मावलम्बीहरूको चाड क्रिसमसका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डिसेम्बर २५ (पुस १०) मा पर्ने क्रिसमसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘क्रिसमस डेको अवसरमा २०७८ पुस १० गते सार्वजनिक बिदा दिने निर्णय भएको छ।’यस्तै बैठकले तत्कालीन शिक्षा विभागका महानिर्देशक महाश्रम शर्मालाई राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय समेत गरेको कार्कीले जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

९ पुष २०७८, शुक्रबार ११:०५
काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा १५१ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौँमा १०६, भक्तपुरमा १० र ललितपुरमा ३५ जना संक्रमित थपिएका हुन्।पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार […]