दैलेख। जिल्ला प्रहरी कार्यालय दैलेखले ५५ लाख ४० हजार १३९ मुल्य वरावरको चाँदी जस्तो देखिने गरगहना लगायत विभिन्न सामानहरु वरामद गरेको छ ।
सुर्खेतबाट दैलेख तर्फ आउदै गरेको भे १ च ३२१३ नम्वरको डवल क्याप बोलेरोमा अबैध सामानहरु बोकी ल्याउदै गरेको छ भन्ने गोप्य सुचना प्राप्त पश्चात जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी अधिकृत सहतिको टोली खटी गई उक्त गाडी रोकी चेक जाँच गर्दा उक्त गाडीमा सवार सेल्स मेनको रुपमा कामकाज गर्छु भनी बताउने साबिकको जिल्ला कैलाली नारायणपुर गा.बि.स. वडा नं. ९ घर भई हाल जिल्ला दाँङ तुल्सीपुर उपमहानगरपालिका वडा नं.१७ बस्ने डम्बर प्रसाद ढुंगाना र चालक जिल्ला कैलाली टिकापुर नगरपालिका वडा नं. ९ घर भई हाल हाल जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका वडा नं. ४ एरिचोक बस्ने बर्ष २६ को दिपक पाण्डेले चलाई ल्याएको भे १ ज ३२१३ नं.डवल क्याप बोलेरोमा चादि जस्तो देखिने वस्तुवाट बनेका विभिन्न गहनाहरु २१.७२५ किलोग्राम अन्दाजी रु २४ लाख ७६ हजार ६५० मुल्य बरावरको र पोते, पत्थरहरु, गहना राख्न प्रयोग हुने डिव्वाहरु लगायतका अन्दाजी रु १लाख ६३ हजार ४८९ मुल्य बराबरको अबैध सामानहरु फेला पारी बरामद गरेको छ ।
उक्त चालक दिपक पाण्डे , आफुलाई सेल्स मेन बताउने डम्बर प्रसाद ढुंगाना, भे १ ज ३२१३ नं.डवल क्याप बोलेरो गाडी अन्दाजी रु २९, लाख मुल्य बरावरको गाडि चाँदि जस्तो देखिने वस्तु र अन्य बरामद भएको समानहरु अन्दाजी जम्मा रु ५५ लाख ४०हजार १३९ मुल्य बराबरको समान बरामद गरिएको छ । उक्त सामानको आवश्यक कारवाहीको लागि सोमबार नै राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

