साधारण सदस्यसमेत नरहने गरी मिलन पाण्डे विवेकशीलबाट निष्काशित

कर्णाली अनलाइन ६ पुष २०७८, मंगलवार ११:४९

काठमाडौँ।विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ।पार्टीमा गम्भीर क्षति पुर्‍याउने गरी बदनीयतपूर्ण ढंगले पार्टी विधान र केन्द्रीय कमिटीका निर्णयहरु विपरीत निरन्तर गतिविधि गरेको भन्दै पार्टीबाट निष्काशन गरिएको विवेकशील साझाले जनाएको छ।

पुस ४ गतेसम्मको समय दिएर लिखित स्पष्टिकरण गरिएकोमा एक दिन ढिलो जवाफ दिएको र सोधिएका प्रश्नको पनि चित्तबुझ्दो जवाफ नआएको हुँदा कारबाही गरिएको विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले बताएका छन्।

‘तपाईंले बरु उल्टै पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणीसहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र समानान्तर समिति नै घोषणा गरेको देखिन्छ,’ अध्यक्ष मिश्रले भनेका छन्, ‘अतः पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज मिति २०७८ पुस ६ गते बसेको बैठकले विवेकशील साझा पार्टीको विधान २०७८ को भाग ७ (३१.१)को अधिकार प्रयोग गर्दै तपाईंलाई आजैको मितिदेखि लागु हुनेगरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शिक्षक सेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी

६ पुष २०७८, मंगलवार ११:४९
काठमाडौं। शिक्षक सेवा आयोगले विभिन्न विषयमा झण्डै २६ सय शिक्षक माग गरेको छ। बुधबार आयोगले विभिन्न कोटामार्फत् शिक्षक पदपुर्तीका लागि विज्ञापन खुला गरेको हो। जसमा निम्नमाध्यमिक तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जना माग गर्दै विज्ञापन खुलाएको छ। योग्यता पुगेका उम्मेदवारहरुले आजबाट माघ १३ गतेसम्म दोब्बर […]