गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीद्वारा ८ सय ३४ कैदीको सजाय मिनाहा

कर्णाली अनलाइन १४ जेष्ठ २०७९, शनिबार ०३:३५

काठमाडौं। सरकारले ८ सय १८ जना कैदीको बाँकी कैद सजाय मिनाहा गरेको छ। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा उनीहरूको कैद सजाय मिनाहा गरेकी हुन्।

सर्वोच्च अदालतको आदेशहरू समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बूसहित २७१ जना र नरबहादुर साँवा समेतका ५४७ गरी कूल ८१८ जना कैदीहरूको बाँकी कैद सजाय मिनाहा भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

‘संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा)  नियमावली, २०७६ को नियम ३ तथा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७९/२/१० को बैठकको सिफारिसमा मिति २०७९/२/१५ गते देखि लागु हुने गरी गणतन्त्र दिवस, २०७९ को अवसरमा माफी मिनाहा भएको छ’, विज्ञप्तिमा भनिएको छ।

यस्तै उमाकान्त पराजुलीसहित १६ जना कैदीलाई माफी दिइएको छ । ‘संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/२/१३ को बैठकको सिफारिसमा उमाकान्त पराजुली समेतका १६ जना कैदीहरूको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद सजाय गणतन्त्र दिवस, २०७९ को अवसरमा माफी भएको छ’, राष्ट्रपतिको कार्यालयले जनाएको छ। गणतन्त्र दिवस भोलि आइतबार मनाइँदैछ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आगामी निर्वाचन जितेर प्रधानमन्त्री बन्‍न ओलीलाई प्रचण्डको चुनौती

१४ जेष्ठ २०७९, शनिबार ०३:३५
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् ।प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई चुनौती दिंदै भने, ‘पहिलो पटक पनि माओवादी केन्द्रको वैशाखी टेकेर भएको हो, दोस्रा पटक पनि भएको हो । अब भएर देखाउनुस् त मानौंला, […]