भारतको ओडिसा राज्यमा एक सांसदले भिडमा गाडी कुदाउँदा सात प्रहरीसहित २२ जना घाइते

कर्णाली अनलाइन २९ फाल्गुन २०७८, आईतवार ०७:०५

भारतको ओडिसा राज्यमा एक सांसदले भिडमा गाडी कुदाउँदा सात प्रहरीसहित २२ जना घाइते भएका छन् । घाइते एक जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

ओडिसाको सत्तारूढ पार्टी बिजु जनता दलका सांसद प्रशान्त जगदेवले वाणपुरमा वाणपुर ब्लकको अध्यक्ष चयन गर्न चुनावका लागि जम्मा भएका मानिसमाथि गाडी चलाएका हुन् । त्यहाँ उपस्थित प्रहरीले गाडी रोक्न भने पनि उनले जबर्जस्ती गाडी भिडमा चलाएका खबरमा उल्लेख गरिएको छ ।

घाइते हुनेमा सात प्रहरी, दुई पत्रकारसहित २२ जना छन् । घटनापछि आक्रोसित भएका स्थानीय बासिन्दाले सांसद जगदेवलाई कुटपिट गरेका छन्  । स्थानीय बासिन्दाको कुटपिटबाट घाइते भएका उनलाई भुवनेश्वरमा रहेको एक  निजी अस्पतालमा उपचारका लागि भर्ना गरिएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार उनी विरुद्ध हत्याको प्रयास गरेको लगायतका मुद्दा चलाइने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१८ महिने बालिकाको हत्या आरोपमा दुईजना पक्राउ

२९ फाल्गुन २०७८, आईतवार ०७:०५
विराटनगर  । परेका छन्। मोरङको सुन्दरहरैचा नगरपालिका-७ की बालिकाको हत्या आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो। दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए। तर‚ पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छ। आइतवार दिउँसो पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत जानकारी दिने तयारी गरिएको […]