पोखराको घारीपाटीमा दुर्घटनाग्रस्त यती एयरको जहाजमा ७२ यात्रु रहेको,उद्धारकार्य जारी

कर्णाली अनलाइन १ माघ २०७९, आईतवार ११:४५
फाटो सामाजिक सञ्जालबाट
फाटो सामाजिक सञ्जालबाट

पोखरा।काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाजमा कुल ७२ जना रहेको बताइएको छ । ६८ जना यात्रु ,४ जना चालक दल सहित ७२ जना जहाजमा रहेको प्रहरीले बताएको छ ।

बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो ।

वडा नम्बर ७ र १५ को सीमानामा पर्ने नयाँ तथा पुरानो विमानस्थलमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले विमान दुर्घटना भएको ठाउँमा आगोको मुस्लो उठेको छ । स्थानीय, सुरक्षाकर्मीलगायत घटनास्थलमा आगो निभाउने प्रयासमा लागेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पोखरा अपडेट:दुर्घटनाग्रस्त विमानबाट ४४ जनाको शव निकालियो,५३ नेपाली र १५ विदेशी

१ माघ २०७९, आईतवार ११:४५
काठमाडौं :  केन्द्रीय राजधानी बाट पोखरा उडेको यती एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएकामध्ये हालसम्म ४४ जनाको शव निकालिएको छ। आज (आईतवार) बिहान १० बजेर ५० मिनेटमा पोखरा विमानस्थलको कन्ट्रोल टावरसँग अन्तिम सम्पर्क भएपछि विमान दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानमा नेपाली ५३ जना, विदेशीमा भारतीय ५, रसियन ४, आयरल्याण्ड […]

सम्बन्धित शीर्षक