गाउँघरमा नेता आउँदैछन् भन्दा कुन चोर आएछ भन्ने अवस्था छ : लिङ्देन

कर्णाली अनलाइन २४ मंसिर २०७८, शुक्रबार १०:५३

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गाउँघरमा राजनीतिक दलका नेताप्रति वितृष्ण पैदा हुँदै गएको टिप्पणी गरेका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै लिङ्देनले नेताहरूप्रति विश्वास मर्दै गएको बताएका हुन्।

‘हाम्रो गाउँघरतिर पार्टीको कार्यकर्ताले नेता बोलाउँदा कुनै एउटा भवनमा वा चौतारोमा नेता बोलाएर राख्छन् र छरछिमेकलाई हाम्रो नेता आउनुभएको छ एकछिन् जाऔं न भनेर बोलाउन जान्छन्, नेता आउँदै हुनुहुन्छ भन्दा मान्छेले आजकल कुन नेता आएछ भनेर नेताको नाम सम्झिँदैन।’

उनले भने, ‘कुन चाहिँ चोर आएछ भनेर भन्छन् हाम्रो अवस्था यस्तो छ । त्यसकारण महाधिवेशन औपचारिकता वा वैधानिकतामा मात्रै सिमित हुनुहुँदैन नेतृत्वको बिग्रिएको छवि सुधार्न पनि प्रयोग गर्नुपर्छ।’ सरकार सरकारजस्तो, संसद संसदजस्तो र अदालत अदालतजस्तो नभएको  टिप्पणी गर्दै उनले सबै कुरा सुधार्नुपर्ने राजनीति नै सही ठाउँमा नरहेको बताए।

लिङ्देनले अब देशमा राष्ट्रप्रमुखका रूपमा राजसंस्थालाई ल्याउनुपर्ने बताए।राष्ट्रप्रमुखका रुपमा राजसंस्था, सोझै निर्वाचित हुने प्रधानमन्त्री, पूर्णसमानुपातिक संसद ल्याऊँ। उनले भने, अनि, संसदले मन्त्री हुन नपाउने नयाँ व्यवस्था लागू गरौं । त्यसपछि राजनीति ठीक बाटोमा आउँछ।’!@Thahakhabar


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सवै नेताहरु हातेमालो गरेर अघि बढ्छौँ: प्रचण्ड

२४ मंसिर २०७८, शुक्रबार १०:५३
काठमाडौँ।नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा जरुरी परे एक अर्कालाई हातेमालो गर्दै प्रधानमन्त्री बनाउने संस्कृति रहेको बताएका छन्।नेपाली कांग्रेसका १४ औँ महाधिवेशन उद्घघाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। यसअघि भारतीय जनता पार्टीका नेता हर्षबद्र्धनले उद्घघाटन सत्रलाई शुभकामना दिने क्रममा धेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा पहिलो पटक देखिएको […]