इटहरीमा बम विस्फाेट, दुई जना घाइते

कर्णाली अनलाइन १५ चैत्र २०७८, मंगलवार ०५:४४

विराटनगर । सुनसरीको इटहरीमा बम विस्फाेट भएको छ । सोमबार राति करिब १० बजे इटहरी उपमहानगरपालिका- २ को नवजागृति टोलमा बम विस्फाेट भएको हो । विस्फाेटमा परी दुई जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काका अनुसार बम विस्फाेटमा परेर इटहरी उपमहानगरपालिका- २ नवजागृति टोलमा बस्दै आएका २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् ।

उनका अनुसार थापाको डेरामा बम विस्फाेट भएको थियो । विस्फाेटमा परी घाइते भएका थापाको विराटनरआँखा अस्पताल र गुरुङलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ ।

घटनास्थलबाट कङग्रुएन्ट फ्रन्ट अफ नेपाल (कफन)को  पर्चा बरामद भएको प्रहरीले बताएको छ । विस्फाेटमा घाइते भएकाहरू कफनका कार्यकर्ता भएको प्रहरीको आशंका छ । थापाको डेरामा गुरुङ केही दिनअघि पाहुना आएका थिए । विस्फाेट भएको बम सुतली हुनसक्ने डीएसपी खड्काले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दसहितको टोली हुम्लामा

१५ चैत्र २०७८, मंगलवार ०५:४४
हुम्ला।अख्तियार अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दसहितको टोली हुम्ला आएको छ । जिल्लाका सरोकारवाला निकायसँगको अन्तरक्रियाका लागि आयुक्त चन्दको टोली पहिलोपटक हुम्ला आएको हो । प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार आयुक्त चन्दको टोली जिल्लामा शुसाशन कायम गर्न र भ्रष्टाचारजन्य गतिविधिविरुद्ध जनचेतना जगाउनका लागि कार्यक्रममा सहभागी हुनेछ ।मंगलबार दिउँसो हुम्लाका सातवटै […]