राष्ट्रियसभा उपाध्यक्षमा एमाले र समाजवादी दुवैको दाबी

कर्णाली अनलाइन १६ चैत्र २०८०, शुक्रबार १८:२९

काठमाडौँ।माओवादी केन्द्रबाटै नारायण दाहाल राष्ट्रियसभाको अध्यक्ष भएपछि माओवादीबाटै उपाध्यक्ष रहेका उर्मिला अर्यालले बिहीबार पदबाट राजीनामा दिइन्।

अध्यक्ष, उपाध्यक्ष फरक दलको हुनुपर्ने मान्यता र सत्ता गठबन्धनमा भएका दलहरुबीचको सहमतिअनुसार माओवादीकी अर्यालले दिएको राजीनामा शुक्रबार स्वीकृत भएको छ।
उपाध्यक्ष पद खाली भएसँगै अब सत्ता गठबन्धनमा रहेका एमाले र एकीकृत समाजवादीबीच हानाथाप सुरु भएको छ। पद रिक्त भएको १५ दिनभित्र छान्नुपर्ने राष्ट्रियसभा नियमावली २०८० को व्यवस्था छ।

फागुन २१ गते एमाले, माओवादी, रास्वपा र जसपाको मात्रै गठबन्धन हुँदा चार दलबीच भएको आठ सहमितमा राष्ट्रियसभाको उपाध्यक्ष एमालेबाट हुने भन्ने उल्लेख थियो। सत्ता गठबन्धनमा समाजवादीको प्रवेशसँगै फागुन २९ गते उक्त समझदारी सात बुँदामा झर्यो।

एमालेले उपाध्यक्ष पाउने कुरा समाजवादीका अध्यक्ष माधव नेपालको हस्ताक्षरसँगै हट्यो। सत्ता गठबन्धन चार दलबाट पाँच बनेसँगै उपाध्यक्षमा एकीकृत समाजवादीको दाबी थपियो, एमालेको याथवतै छ।

अर्यालले राजीनामा दिए पनि शीर्ष नेतृत्व तहमा कुन दलले पाउने भन्ने टुंगो लागि नसकेको माओवादीका राष्ट्रियसभा सांसद गोपी अछामीले बताए। उनले देश सञ्चारसँग भने, ‘कुन दलबाट उपाध्याक्ष हुने भन्ने ठोस नेतृत्व तहमा सहमति बुझिदैन। एमाले र एकीकृत समाजवादीको दाबी देखिन्छ। त्यसमा माओवादीले समन्वयन गर्छ।’

राष्ट्रियसभामा एमाले प्रमुख सचेतक भगवती नेपालले आफ्नो दलले नै उपाध्यक्ष पाउने दाबी गरिन्। ‘एमालेबाट उपाध्यक्ष हुने पक्का हो। तर हामीबाट को हुने भन्ने टुंगो लागिसकेको छैन, उनले भनिन्।

एकीकृत समाजवादीकी राष्ट्रियसभा सदस्य जयन्ती राईले पनि उपाध्यक्षमा आफ्नो दलको दाबी रहेको बताइन्। राईले भनिन्, ‘निणर्य नै भइसकेको छैन। तर हाम्रो पार्टीले उपाध्यक्ष पाउनुपर्छ।’

५९ सदस्यीय राष्ट्रियसभामा माओवादीबाट १७, कांग्रेसका १६, एमालेका १० र एकीकृत समाजवादीबाट ८ जना सांसद छन्। जसपाका ३, लोसपा, जनमोर्चा, स्वतन्त्र र राष्ट्रपतिबाट मनोनीत दुई जना सांसद छन्। अध्यक्ष दाहाल मनोनितबाट राष्ट्रियसभा सदस्य भएका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा ट्याक्सी दुर्घटना, दश जनाको मृत्यु

१६ चैत्र २०८०, शुक्रबार १८:२९
काठमाडौं। भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार यात्रुबाहक ट्याक्सी खस्दा दश जनाको मृत्यु भएको छ । सङ्घीय मन्त्री जितेन्द्र सिंहले सडक दुर्घटनाको सूचना पछि रामबनका उपआयुक्त बसीर–उल–हकसँग कुरा गरेको र आफू निरन्तर सम्पर्कमा रहेको बताएका छन् । उनले आफू दुःखित हुदै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका […]