प्रचण्डकाे चिन्ता- हामी बुर्जुवा पार्टीभन्दा भिन्न भएनौँ

कर्णाली अनलाइन १८ जेष्ठ २०७९, बुधबार ०९:३१

काठमाडाैँ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीमा पहिचानको सङ्कट आउन थालेको भन्दै चिन्ता प्रकट गरेका छन्।उनले माओवादी र संसदवादी दलबीचको अन्तर मेटिँदै गएको बताए।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन बुधबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी हिजोको जस्तो क्रान्तिकारी नभएको र जनताको सेवक पनि नभएको भान जनतालाई पर्दै गएको उल्लेख गरे।जनतालाई माओवादी जनप्रतिनिधि अझ बढी खराब छन् भन्ने लागेको पनि आफूले बुझेको प्रचण्ड बताउँछन्।

उनी भन्छन्, ‘हामी उन्नत विचारको पक्षपोषण गर्छौँ। समाजवादी क्रान्तिको तयारीको गर्छौँ। उन्नत र सुसंस्कृत मानिसको कुरा गर्छौँ। तर, हिजो हामी जनयुद्धमा थियौँ। क्रान्तिकारी जनआन्दोलनमा थियौँ। त्याग र बलिदानको कीर्तिमान गर्थ्याेँ। हामी क्रान्तिकारी रूपान्तरणका अभियन्ता थियौँ। सामाजिक क्रान्तिका लागि जस्तोसुकै बलिदानी भन्थ्यौँ र गर्थ्याेँ। माओवादीलाई जनताले सजिलै चिन्थे। माओवादी अर्कै हुन् र अरू पार्टी अर्कै हुन्। तर, त्यस्तो रहेन।’

प्रचण्डले पहिलाजस्तै माओवादीले जनतासँगै रहेर खेतीपातीको काम गर्ने, जनता बिरामी पर्दा सहयोग गर्ने र शिक्षाको कुरामा पनि जनताको सेवा गर्ने पार्टी हुनुपर्ने पनि बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुडिरहेकै रेलमा महिलामाथि सामूहिक बलात्कार

१८ जेष्ठ २०७९, बुधबार ०९:३१
  पाकिस्तानी मिडियाहरूका अनुसार पाकिस्तानको कराचीदेखि मुल्तानको रुटमा चल्ने रेलमा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको हो ।पक्राउ पर्ने तिनै जना रेलकै कर्मचारी रहेका छन् । उनीहरूले आफ्नो मोबाइलमा बलात्कार गर्दै गरेको भिडियो समेत खिचेको बताइएको छ । रिपोर्टका अनुसार बलात्कृत महिलाले बिना टिकट रेलको यात्रा […]