सुर्खेत बसपार्कमा बसको ठक्करबाट घाइते महिलाको मृत्यु

कर्णाली अनलाइन २९ माघ २०७९, आईतवार १६:४१

सुर्खेत । सुर्खेत बसपार्कमा बसको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु छ । आइतबार दिउँसो अन्दाजी २ ः ३० बजेतिर बुलबुलेतर्फबाट बसपार्क आउँदै गरेको बा ४ ख ८०६१ नम्बरको बसले ति महिलालाई ठक्कर दिएको हो ।

नाम थर र ठेगाना नखुलेकी अन्दाजी ६६ वर्षीय महिलाको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए । उनकअनुसार बसपार्क भित्रै घटनाको कारण भने खुलेको छैन् ।

‘घटना लगत्तै भीड जम्मा भइसकेकाले कसरी घटना भयो भन्ने अहिल्यै केही खुलेको छैन,’ प्रवक्ता शाहीले भने, ‘बसलाई नियन्त्रणमा लिएका छौं, चालक फरार रहेकाले खाजीसँगै घटनाको अनुसन्धान प्रहरीले गरिरहेको छ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन हुने

२९ माघ २०७९, आईतवार १६:४१
काठमाडौँ ।चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गत‍े उपनिर्वाचन हुने भएको छ।आइतबार निर्वाचन आयोगले चितवन–२ मा २०८० वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए।सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज […]