भीम रावलको पर्चा बाँड्नेहरुलाई एमाले स्वयंसेवकले बाहिर निकाले

कर्णाली अनलाइन १२ मंसिर २०७८, आईतवार ०६:२४

चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गरिएको छ । पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरुलाई एमाले स्वयंसेवकहरुले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर पठाइदिएका हुन् ।

बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरुलाई रावलका कार्यकर्ताहरुले पर्चा वितरण गरेका थिए । ‘मेरो उम्मेदवारी किन’ लेखिएको भीम रावलको पर्चामा रावलले अध्यक्षमा उम्मेदवारी दिनुपर्नाका कारणबारे उल्लेख छ ।

पर्चा हातमा लिइसकेका प्रतिनिधिहरूलाई पनि स्वयंसेवकहरुले बाहिर ननिकाल्न र खल्ती वा झोलामा राख्न आग्रह गर्दै हलभित्र छिराएका छन् ।आजको बन्दसत्रले केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष चयन गर्ने तयारी छ । तर रावलले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । @onlinekhabar

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो

१२ मंसिर २०७८, आईतवार ०६:२४
काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ तोकिएको छ ।अघिल्लो दिन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी […]