काठमाडौँ।नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार आह्वान गरिएको छ।दोस्रो कार्यकालका लागि निर्वाचित सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबारका लागि बैठक बोलाउने तयारी गरेका छन्। बैठक शनिबार बिहान ११ बजे बस्ने तयारी छ।
निर्वाचन समितिका अनुसार बिहीबार साँझसम्म १४औँ महाधिवेशनका लागि भएको चुनावको परिणाम आइसक्नेछ।दिउँसो १ बजेसम्म खसआर्य र आदिवासी जनजातितर्फको मतगणनाको अन्तिम परिणाम आउन बाँकी छ। ती दुई क्लष्टरको मतगणना पनि अन्तिम चरणमा पुगेको छ।पदाधिकारीसहित निर्वाचित १३४ जनाको शपथ ग्रहण शुक्रबार हुनेछ।