पाँच वर्षपछि पुन:मतगणना:खाडाचक्र न.पा.-७ का वडाध्यक्ष रजबहादुर मल्ल पुन विजयी

कर्णाली अनलाइन २९ मंसिर २०७८, बुधबार १०:५२
फाइल फोटो
फाइल फोटो

कालिकोट।जिल्लाको खाँडाचक्र नगरपालिका–७ को वडाध्यक्षमा बुधबार पुनःमत गणना हुँदा एक मतको अन्तरले पुन नेकपा(एमाले) का उम्मेदवार रजबहादुर मल्ल बिजयी  भएका छन ।

वडाध्यक्षका प्रत्यासी माओवादी केन्द्रका उम्मेदवार दिपक कार्कीले २०७४ जेठ ५ गते भएको मत गणना चित्त नबुझेको भन्दै अदालतमा उजुरी दिएका थिए ।जिल्ला अदालत कालिकोटले सोही मत गणनालाई सदर गर्ने फैसला गरेपनि उच्च अदालतले पुनःमत गणना गर्नु भनि फैसला सुनाएपछि उच्च अदालत जुम्लामा आज मतगणना भएको हो ।

कुल खसेको २ सय ९६ मतमा रजबहादुर मल्लले १ सय ४२ मत प्राप्त गरि विजयी भएका छन ,भने उहाँका निकटतम प्रतिद्धन्दी दिपक कार्कीले १ सय ४१ मत पाएको  जिल्ला निर्बाचन कार्यालय कालिकोटका प्रमुख धनबहादुर मल्लले जानकारी दिएका छन। उनका अनुसार १३ मत बदर भएका छन ।

यस्तै पुन मत गणनामा दलित महिला तर्फका एमाले उम्मेदवार कुजी विकले पहिले पाएको मत भन्दा एक मत बढाएर १ सय ३८ मत प्राप्त गरेकि छन भने माओवादी केन्द्रकी उम्मेदवार दाना विकले १ सय ३५ मत प्राप्त गरेकि छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटमा शिक्षा ईकाइ प्रमुखमाथि नेकपा (विप्लव)का कार्यकर्ताद्धारा दुर्व्यवहार

२९ मंसिर २०७८, बुधबार १०:५२
सुर्खेत । कालिकोटका शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालयका प्रमुखमाथि विप्लव कार्यकर्ताले दुर्व्यवहार गरेका छन् । नेत्र विक्रम चन्द नेतृत्व नेकपाको भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) र युवा संघका कार्यकर्ताले प्रमुख महेशदत्त देवकोटामाथि दुर्व्यवहार गरेका हुन् । विप्लवका कार्यकर्ताले शिक्षक सरुवामा एकलौटी गरेको, बढुवामा घुस मागेको र मनपरी लगायतका काम गरेको आरोप […]