कालिकोटमा शिक्षा ईकाइ प्रमुखमाथि नेकपा (विप्लव)का कार्यकर्ताद्धारा दुर्व्यवहार

कर्णाली अनलाइन २९ मंसिर २०७८, बुधबार ११:३०

सुर्खेत । कालिकोटका शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालयका प्रमुखमाथि विप्लव कार्यकर्ताले दुर्व्यवहार गरेका छन् । नेत्र विक्रम चन्द नेतृत्व नेकपाको भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) र युवा संघका कार्यकर्ताले प्रमुख महेशदत्त देवकोटामाथि दुर्व्यवहार गरेका हुन् ।

विप्लवका कार्यकर्ताले शिक्षक सरुवामा एकलौटी गरेको, बढुवामा घुस मागेको र मनपरी लगायतका काम गरेको आरोप लगाउँदै प्रमुख देवकोटाको कार्यकक्षमै पुगेर कालोमोसो दल्ने प्रयास गरेका थिए । तर प्रमुख देवकोटाले कार्यकक्षमै चार पाँच जनाको समूहमा केटाहरु आएको र कालोमासो दल्ने प्रयास असफल पारेको  बताए ।

‘म कार्य कक्षमै थिए एक्काशी केही युवाहरु प्रवेश गरे,’ देवकोटाले भने, ‘उनीहरुले गर्न खोजेको हर्कत थाहा पाएपछि प्रतिकार गर्दा उनीहरु भागे । कालोमोसो नै लगाउन पाएनन् ।’ देवकाेटाले यस्ताे कार्यले काम गर्नमा हताेत्साहित बनाएकाे र तीन वर्षकाे अवधिमा कुनै गलत काम नगरेकाे बताए ।

तीन वर्षदेखी कार्यालयमा एक्लै काम गरिरहेकाे छु,’ देवकाेटाले भने, ‘गलत गरेपछि उजूरी गर्नुकाे सटाे कार्यकक्षमै पुगेर यस्ता गलत कार्य गर्नु राम्राे हैन् । यस्ताे गतिविधिले काम गर्ने वातावरण नै नबन्दा त्रसित बनाएकाे छ ।’ आफूमाथि दुर्व्यवहार गर्ने युवाहरुको खोजी गर्न प्रहरी कार्यालयमा जानकारी गराएको उनले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा (माओवादी केन्द)को कर्णाली प्रदेश अध्यक्षमा विमला केसी निर्विरोध निर्वाचित

२९ मंसिर २०७८, बुधबार ११:३०
सुर्खेत। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा जारी प्रथम ऐतिहासिक सम्मेलनबाट कर्णाली प्रदेश समितिको अध्यक्षमा विमला केसी निर्विरोध निर्वाचित भएकी छन। उहाँ यस अधि कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री समेत भएकी केसी २०४६ सालदेखी राजनीतिमा आवद्ध भएकी हुन् । १० वर्षे जनयुद्धमा भूमिगत भएकी केसी […]