काठमाडौँ।पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले नेपाली कांग्रेसको बुइ चढेर हिँड्न बाध्य भएको बताएका छन्।आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको मुख्य प्रतिद्वन्दी कांग्रेस भए पनि कांग्रेसकै बुइ चढेर हिँडिरहेको बताए।
उनले विगतमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले पनि त्यही गल्ती गरेको भन्दै अब त्यस्तो गर्न नहुने बताए।
उनले क्रान्तिकारी बाटो र अडान लिएर नेकपा (एकीकृत समाजवादी) अगाडि बढ्न जरुरी रहेको बताए। उनले समाजवाद प्राप्तिको एउटा आधारशिला नेकपा (एकीकृत समाजवादी) ले तयार गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘अहिले नेकपा एमालेको नेतृत्वलाई हेर्नुस् त। एमालेको आखिर मुख्य प्रतिद्वन्दी को हो? कांग्रेस नै हो। तर कांग्रेसको बुइमा चढेर हिँड्न बाध्य छ।’

