कालिकोट।फुकोट कर्णाली अर्धजलाशय जलविधुत आयोजनामा काम गरिरहेको डोजर दुर्घटनामा परेको छ। सान्नि त्रिवेणी गाँउपालिका १ अन्तर्गत कर्णाली करिडोरबाट कर्णाली नदिमा खसेको हो ।
डोजरमा रहेका सात जना मध्ये दुईजनाको घटनास्थमै मृत्यु भएको छ भने ३ जना कर्णाली नदिमा वेपत्ता भएका छन ।अन्य तिन जनालाई उद्धार गरि जिल्ला अस्पताल मान्म पठाए छ।
डोजर दुर्घटनामा सान्नित्रिबेणी १ का अन्दाजी १७ बर्षका चरित्र बिक र सान्नित्रिबेणी १ का अन्दाजि १४ बर्षका युवाराज बुढको मृत्यु भएको छ । दुर्घटनामा परी सान्नित्रिबेणी १ कै नर गीरीका छोरा उमेस गीरी , सान्नित्रिबेणी १ का रक्तिम बिक अछाम घरभई डोजर चालक रहेका कमल सोडारी बेपत्ता रहेका छन ।डोजरमा रहेका रास्कोट नगरपालिका ७ का मिलन शाही गम्भीर घाइते छन ।
घटनामा तीन जना घाइते भएका हुन । घाइते खाडाचक्र ११ बरातुका बिबेक भारति र बिकास भारति पनि घाइते छन।घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार र बेपत्ता काे खाेजि कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय का प्रवक्ता सुभराज बमले जानकारी दिए ।

