कालिकोट। जिल्लाको सान्नित्रिवेणी गा.पा.१ अधरीखोला स्थित फुकोट कर्णाली हाईड्रोपावार निर्माणाधिन ४८० मेगावाट को हाईड्रोको सुरुङ भित्र पानी हेरी फर्कने क्रममा डोजर दुर्घटना परेको छ ।
कर्णाली करिडोरबाट ८० मिटर तल कर्णाली नदिमा गाडी नं. प्रदेश ३–०१–००३–६७७४ नं. को टायरवाला जेसिवि दुर्घटनामा परेको हो ।बाईबा इन्फोटेक कम्पनिको जेसिवि दुर्घटनाहेुँदा घटनास्थमै दुई जनाको र एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । भने ३ जना बेपत्ता र दुई जना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ।
दुर्घटना परि ज्यान गुमाउनेमा कालीकोट जिल्ला सान्नित्रिवेणी गा.पा. १ वर्ष ३० का चरित्र सार्की र सान्नित्रिवेणी गाँउपालिका वडा न.२ का १६ वर्षका युवराज बुढाको घटनास्थमै मुत्यु भएको छ भने स्थाई घर रास्कोट न.पा ७ का मिलन शाहीको जिल्ला अस्पताल मान्ममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ।
घाइते हुनेहरुमा खाँडाचक्र न.पा. ११ का विकास भारती, आषिस भारती रहेका छन भने बेपत्ता हुनेमा डोजर चालक कैलाली लम्किचुहा न.पा ४ का मंगल सोडारी ,सान्नित्रिवेणी गा.पा १ का उमेश गिरी र रक्तिम सार्की बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। बेपत्ताको खोजिकार्य भइरहेकोजिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ। दुर्घटना जेसिविको ब्र्रेक कम लाग्ने र सुरुङबाट निस्किदा मोडने क्रममा दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ।