सुर्खेतको पञ्चपुरीमा गाडी दुर्घटना हुँदा ६ जना घाइते

कर्णाली अनलाइन ८ पुष २०७९, शुक्रबार १७:२७

सुर्खेत । जिल्लाको पञ्चपुरी नगरपालिकामा फोर्स गाडी दुर्घटनाहुँदा ६ जना घाइते भएका छन्। शुक्रबार बिहान पञ्चपुरी नगरपालिका–२ सिरी चौरमा गाडी दुर्घटनामा परेको हो।

पञ्चपुरी–५ बाबियाचौरबाट सुर्खेतका लागि छुटेको काँक्रेबिहार समितिको कर्णाली प्रदेश ०२००१ ख ०१६१ नम्बरको फोर्स गाडी अनियन्त्रित भई दुर्घटनामा परेको हो।जिल्ला प्रहरी कार्यलय सुर्खेतका अनुसार गाडी सडकबाट २ मिटर तल बाँया साइटमा पल्टिन पुगेको थियो।

दुर्घटनामा परि घाइते हुनेमा पञ्चपुरी नगरपालिका–८ बस्ने ५६ वर्षीया जनक देव गिरी, दैलेखमो नौमुले गाउँपालिका–३ का १६ वर्षीया हिमा सलामी मगर, जुम्ला चन्दननाथ गाउँपालिका–८ बस्ने २० वर्षीया बसन्ती धरला घाइते भएका छन्। भने उनिहरुको हातहरुमा हल्का चोट लागेको छ।

यस्तै, घाइते पञ्पुरी नगरपालिका–२ का २७ वर्षीया धनिराम रेग्मी, वडा नम्बर ५ का ३४ वगर्षीया नन्दा शाही र दैलेख भैरवी गाउँपालिका–२ का ६८ वर्षीया मुना पुरीको ढाँडमा सामान्य चोट लागेको प्र्रहरीले जनाएको छ।उनिहरुको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा उपचार भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल पत्रकार महासंघको केन्द्रिय साधारण सभा राष्ट्रपतीद्धारा उद्घाटन

८ पुष २०७९, शुक्रबार १७:२७
सुर्खेत । नेपाल पत्रकार महासंघको केन्द्रिय साधारण सभालाई राष्ट्रपती विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सभालाई राष्ट्रपती भण्डारीले उद्घाटन गरेकी हुन् । सभाको उद्घाटन कार्यक्रममा बोल्दै भण्डारीले कर्णालीलाई विकासको मुलधारमा ल्याउने कुरामा पत्रकारहरुको ठुलो भुमीका हुने बताईन् । उनले देशभरबाट सुर्खेतमा आएका पत्रकारहरुले कर्णालीका केही न केही […]