जाजरकोट भूकम्प-मृत्यु हुनेको संख्या १५४ पुग्यो

कर्णाली अनलाइन १८ कार्तिक २०८०, शनिबार ०९:५१

सुर्खेत।जाजरकोटमा गएराति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ।पछिल्लो प्राप्त तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुकुम-पश्चिममा ६२ जनाको मृत्यु भएको हो।घाइतेको संख्या डेढ सयभन्दा माथि पुगिसकेको छ।

भूकम्पमा परी गम्भीर घाइते भएका रुकुम-पश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल, सुर्खेत ल्याइएको हो।

रुकुम-पश्चिमको आठबीसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीले भूकम्पमा परी आफ्नो नगरपालिकामा मात्र ५२ जनाको मृत्यु भएको बताइन्।

आठबीसकोटमा ६० जना घाइते भएका छन्। तीमध्ये गम्भीर ३ जनालाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल, सुर्खेत लगिएको छ।उद्धार र क्षतिको विवरण संकलन जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताइएकाे छ।गए राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूकम्पबाट मृत्यु हुनेको संख्या १४३ पुग्यो, जाजरकोटका १०५ जना

१८ कार्तिक २०८०, शनिबार ०९:५१
सुर्खेत।जाजरकोट भूकम्पमा परी घाइते भएकालाई उपचारको व्यवस्था मिलाउन भेरी अस्पतालले आवश्यक तयारी गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाह, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझी, चिकित्सक, स्वास्थ्यकर्मी, नर्ससहितको टोलीले बिहान जाजरकोट र रुकुम पश्चिमबाट उपचारका लागि आउने बिरामीका लागि आवश्यक तयारी पूरा […]